रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सुरु

लोकप्रिय

काठमाडौँ, साउन २३ गते ।  रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालन गरी तिनलाई प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिएका छन् । नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको हो ।

“जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन् । नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्दै आएको छ”, प्रधानमन्त्री वालेन्द्र शाहले भन्नुभएको छ, “त्यही इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।” प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जालमार्फत वर्षौँदेखि बन्द रहेका, घाटामा थलिएका र रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा पछिल्लो समय देखिन थालेका सुधार र प्रगतिबारे जानकारी पनि गराउनुभएको छ ।

प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा भएका सुधारका प्रयास र प्राप्त उपलब्धिलाई प्रस्तुत गर्दै इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गर्नुभएको छ । उहाँले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनुभएको छ ।

ताजा समाचार

Related Articles