स्रोत नखुलेको ५२ लाखसहित चार जना पक्राउ

लोकप्रिय

हेटौँडा, साउन २५ गते । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको नगदसहित चार जना पक्राउ परेका छन् । साँझ ६ः३० बजे आदर्शनगरस्थित प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी खानतलासी लिने क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको रकम नगद ५२ लाख ५० हजार रुपियाँ बरामद भएको हो । पक्राउ पर्नेमा भारतको बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनीका ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् । सुरज कर्णको साथबाट एक लाख रुपियाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपियाँ बरामद भएको प्रहरीको भनाई छ । बरामद रकममध्ये एक हजार दरका चार हजार पाँच थान नोटबाट ४० लाख पाँच हजार रुपियाँ, पाँच सय दरका दुई हजार ३५३ थान नोटबाट ११ लाख ७६ हजार पाँच सय रुपियाँ, एक सय दरका ६४३ थान नोटबाट ६४ हजार तीन सय रुपियाँ र ५० दरका ८४ थान नोटबाट चार हजार दुई सय रुपियाँ रहेको छ । बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा समाचार

Related Articles