खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते । घरेलु मदिरासहित सवारी साधन र चार जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकस्थित सडकखण्डमा खटिएको प्रहरी विशेष टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा. प्र.०३ ००१ ज १४०२ नम्बरको गाडीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । सवारी साधनमा लुकाइ छिपाई राखेको प्लाष्टिकको बोराभित्र १०८ पोकामा २२ सय लिटर तयारी घरेलु मदिरा प्रहरीले फेला पारेको थियो ।
नियन्त्रणमा लिई उक्त सवारी साधन र घरेलु मदिरा बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाइएको जनाइएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १५ त्रिशुल चोकमा गैरकानूनी रूपमा भण्डारण गरी राखिएको थप ७५ पोकामा १३ सय लिटर घरेलु मदिरा बरामद गरी थप अनुसन्धान भएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा हेटौँडा उपमहानगरपालिका १० का २९ वर्षीय मनोज कुमार थिङ, जितपुर सिमरा उपमहानगरपादिका १ की ३५ वर्षीया कोपिला गुरुङ, ३६ वर्षीया रोनु तामाङ र ३३ वर्षीया माया पाख्रिन रहेका छन् ।




