प्रदेश सभाको बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित

लोकप्रिय

हेटौँडा, असोज १६ गते । 

बागमती प्रदेश सभाको दोस्रो पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । मङ्गलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक पुनः विशेष कारणवश भन्दै सूचना टाँस गरेर स्थगित गर्दै बुधबार दिउँसोका लागि बोलाइएको छ ।

यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रदेश सभा बैठकमा अवरोधपछि स्थगित गरिएकोमा पछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले मङ्गलबारका लागि बोलाइएको बैठक बुधबार दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसोका लागि बोलाइएको बैठक बस्ने बारेमा दलहरूबिच सहमति नजुटेपछि बुधबारका लागि बैठक सारिएको जनाइएको छ ।

प्रदेश सभा बैठकमा सोमबार प्रस्तुत गर्न लागिएको प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पुनर्विचार गरियोस् भन्ने प्रस्तावका बारेमा सत्ता पक्ष र विपक्षबिच विवाद भएपछि बैठक स्थगित गरिएको थियो ।

तर एमालेको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर मङ्गलबारका लागि बोलाइएको थियो ।

ताजा समाचार

Related Articles