प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

लोकप्रिय

हेटौँडा, असोज २१ गते ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आउँदो दसैँ, तिहारलगायतका चार्डपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
बागमती प्रदेशको राजधानी रहेको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था मिलाउनु पर्ने, पूर्व पश्चिम महेन्द्र राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग पाँच वटाभन्दा बढी लोकमार्गहरु जोडिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षा व्यवस्थापन मिलाउन सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ ।
लामो दुरीको सवारी साधन जाँच, सरकारी कार्यालय र विशिष्ट व्यक्तिको सुरक्षा, प्रहरी कार्यालय सुरक्षा, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा, बजार अनुगमनलगायतका लागि
८१७ जना प्रहरी कर्मचारी परिचालन गरिने भएको छ ।
चाडपर्व हुन सक्ने अपराधिक घटना, राजमार्गमा हुनसक्ने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, सवारी दुर्घटना, झै–झगडालगायतलाई मध्य नजर राख्दै शान्ति सुरक्षा एवं अमन चयन कायम राख्न आवश्यक प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
लोकमार्गमा नियमित दिवा तथा रात्री गस्ती, पैदल गस्ती समेत बढाई यात्रीहरुको गन्तव्य स्थानसम्म आवतजावतको लागि सहज तथा भयरहित वातावरण निर्माण गर्ने योजना रहेको मकवानपुरका प्रहरी प्रवक्तासमेत रहनुभएको भण्डारीले बताउनुभयो ।

ताजा समाचार

Related Articles