बागमती प्रदेश सभाबाट दुई वटा विधेयक पारित

लोकप्रिय

हेटौँडा, असोज २२ गते ।
बागमती प्रदेश सभाबाट दुई वटा विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित दुई वटा विधेयक पारित भएको हो ।
प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सभा बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । मन्त्री महर्जनले विेधेयक पारित गर्न प्रस्तुत गर्नुभएको विधेयक प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रदेश सभा प्रस्तुत गर्नुभएकोमा बैठकले सर्वसम्मतिबाट स्वीकृत गरेको थियो ।
पिर्यटन तथा वातावरण समितिको प्रतिवेदनसहितको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यसअघि बसेको प्रदेश सभाको बैठकका ज्येष्ठ सदस्य याङ्किला शेर्पाले पेस गर्नुभएको थियो । समितिको सोमबार बसेको बैठकले विधेयकमाथि दफावार छलफलपछि राय सुझाव समेट्दै प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको थियो ।
यस्तै प्रदेश सभाको यसअघि बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश मामिला समितिको प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles