करिब ३ सय भूकम्प पीडितको त्रिपालमुनिको बास

लोकप्रिय

बाजुरा, असोज २४ गते 

असोज १६ गते दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर चर्किएर बस्न लायक नभएपछि बाजुराको  खप्तड छेडेदह गाउँपालिकाकाका करिब  ३ सय परिवार त्रिपाल मुनि बस्न बाध्य बनेका छन्। 

भूकम्पबाट घरमा पूर्ण रूपले क्षति पुर्‍याएपछि पीडितहरू कोही चौरमा, र कोही सडकका छेउमा त्रिपाल टाँगेर खुल्ला आकाशमा रात काटिरहेको छन् । भूकम्पले घर भत्काइदियो कता बस्ने के गर्ने सरकार बाट समेत बेवास्ता भयो खप्तड छेडेदह ३ का स्थानीय दिनेश बिसिले  दुखेसो पोख्नुभयो।

भूकम्पले बाजुराकै सबैभन्दा बढी क्षति भएको क्षेत्र खप्तड छेडेदह गाउँपालिका हो । छेडेदहमा पनि सबभन्दा बढी डोगडी, पुडाबाब्ला, गुदु, लम् गाउँ, चांस्ला लगायतका गाउँहरूमा बढी क्षति गरेको छ।

भूकम्पका कारण गाउँपालिकाका ७ वटै वडाका ३ सय ६१ घरहरू पूर्ण रुपमा भत्किएका छन् भने १ हजार ९ सय ७२ घर चिराचिरा परेर जोखिमपूर्ण रहेको खप्तड छेडेदह गाउँपालिकाका सूचना अधिकारी मिरा जोशीले बताउनु भयो। यता जिल्ला प्रशासन कार्यालय बाजुरा र खप्तड छेडेदह गाउँपालिकाले भने भूकम्प पीडितको व्यवस्थापनका लागि काम करिब अन्तिम चरणमा पुगेको जनाएका छ।

ताजा समाचार

Related Articles