दुर्गम बस्तीमा बर्थिङ सेन्टर सञ्चालन

लोकप्रिय

हेटौँडा, असोज २५ गते ।
मकवानपुरको कैलाश गाउँपालिका वडा ७ रहेको ङि स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवासहित बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । बुधबारदेखि बर्थिङ सेन्टरसहित भिडियो एक्सरे सञ्चालनमा आएपछि स्थानीय महिलालाई स्वास्थ्य जाँचमा सहज भएको छ ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको उद्घाटन गर्दै विपन्न समुदायलाई लक्षित गरेर सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । सो सेन्टरमा हेटौँडा अस्पतालका डा. विदुर भण्डारीले पहिलो दिन २९ जना गर्भावस्थाका महिलाले स्वास्थ्य जाँच गराएका थिए । गाउँपालिकाको वडा नं. २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन रहेको छ ।

ताजा समाचार

Related Articles