संसदको चालु अधिवेशन कात्तिक १४ सम्म जान्छ

लोकप्रिय

काठमाडौँ, असोज २६ गते । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटोभन्दा छिटो संसदबाट पारित गर्ने बताउनुभएको छ । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको इज्जतको विषय भएकाले कानुन निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताउनुभयो । उहाँले जुनसुकै विधेयकलाई कानुन मन्त्रालयले छिटोभन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताउनुभयो । उहाँले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको जानकारी दिनुभयो ।

‘‘यो मुलुकको इज्जतको विषय पनि हो । स्वाभिमानको विषय पनि हो । आयोगको कार्य सम्पादनको विषयमा मैले बोल्न चाहिन । कानुन निर्माणका सन्दर्भमा जुन छ, सैद्धान्तिक सहमतिका सन्दर्भमा धेरै दिन लाग्दैन ।,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘सैद्धान्तिक सहमतिको मात्रै कुरा होइन, जुनसुकै विधेयकलाई हामीले अहिले कानून मन्त्रालयको सन्दर्भमा सहमति दिने सन्दर्भमा छिटोभन्दा छिटो गर्ने भनेर लागेका छौँ । विधेयकहरु सकेसम्म सात दिन र धेरै थुप्रिए १५ दिन भनेर लागेका छौँ । त्यसै अनुसार काम भएको छ । यसको मस्यौदा सबै मिलेर गर्नुपर्छ, छिटो ल्याउनुपर्ने हुन्छ । फास्ट ट्रयाकमा हामी काम गर्नेछौँ । यही अधिवेशन भित्र निकै गाह्रो होला ।’’ मन्त्री गुरुङले चालु अधिवेशन कात्तिकको १३/१४ गतेसम्म चल्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles