एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ 

लोकप्रिय

काठमाडौँ, असोज २६ गते ।

 नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताउनुभएको छ । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले जनवाद मात्र बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा अटाउन नसक्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ अनुशासन कायम नभए पार्टी जोगाउन नसकिने पनि चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी जीवनमा संगठन, नेतृत्वलाई मान्नुपर्छ । यो मान्दिन, ऊ मान्दिन भन्ने छुट कसैलाई छैन । पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ ।” 

“केन्द्रीयता नभइ पार्टी हुन सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन नि । पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ?” उहाँले जिज्ञासा गर्नुभयो । पार्टीको संरचना नीति स्वीकार गर्नुपर्छ उहाँले भन्नुभयो । 

ताजा समाचार

Related Articles