च्याउ खाँदा ६ जना बिरामी

लोकप्रिय

हेटौँडा, असोज २६ गते । 

मकवानपुरको बकैया गाउँपालिका –३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उहाँहरु विरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बकैया गाउँपालिका ३ स्थित बसनका वर्ष ७० का शुभेसिंह भोलन, उहाँको श्रीमती वर्ष ६५ की ठुलीमाया भोलन, छोरा वर्ष २६ को गङ्गालाल भोलन, वर्ष ३० का निरोज रुम्बा, उहाँको श्रीमती वर्ष ३० की सम्झना रुम्बा र भाउजु वर्ष ३६ की फूलमाया रुम्बा च्याउ खाएर बिरामी हुनुभएको हो ।

च्याउ खाई बिरामी भएकाहरुको हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

ताजा समाचार

Related Articles