सुभाङ्गी र ओमलाई बङ्गलादेशमा स्वर्ण

लोकप्रिय

काठमाडौँ, कात्तिक ४ गते । 

नेपालकी सुभाङ्गी श्रेष्ठ र ओम भण्डारीले शनिबार प्रथम बङ्गबन्धु ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्नुभएको छ । यी दुवै खेलाडी सीतापाइला डोजाङका उत्पादन हुन् । 

बङ्गलादेशको ढाकामा आयोजना भएको प्रतियोगिताअन्तर्गत जुनियर महिला ५९ केजी मुनिको इभेन्टमा सुभाङ्गीले फाइनलमा श्रीलङ्काकी केएचपीएन चतुरानीलाई हराउनुभयो । उहाँले सेमिफाइनलमा आयोजक बङ्गालदेशकी खेलाडीलाई पराजित गर्नुभयो । 

यसैगरी जुनियर ६८ केजीमुनिको उपाधी भिडन्तमा ओम नेपालकै अफेस केसीलाई हराएर च्याम्पियन बन्नुभयो । ओम पनि बङगलादेशका खेलाडीलाई सेमिफाइनलमा हराएर स्वर्ण पदक भिडन्तमा पुग्नुभएको हो । यस प्रतियोगितामा बङ्गलादेश, नेपाल, श्रीलङ्का्, भुटान, भारत, मलेसिया, थाइल्यान्ड र इन्डानेसियाले सहभागिता जनाएको बताइएको छ ।

ताजा समाचार

Related Articles