गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार हुँदै

लोकप्रिय

काठमाडौँ, कात्तिक ४ गते ।

पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । हिजोदेखि आइसियुबाट जनरल वार्डको क्याबिनमा उहाँलाई सारिएको छ । 

चिकित्सकको सल्लाहअनुसार उहाँले आज सामान्य हिड्डुल समेत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सार्वजनिक सुरक्षा तथा आपतकालीनमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङ र चिनियाँ कम्युनिष्ट  पार्टी अन्तर्राष्ट्रिय बिभागका एक नेता अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गर्नुभएको छ। 

वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ अवस्थाबारे जानकारी लिनुभएको थियो । त्यसक्रममा उहाँले पेकिंङ अस्पतालमा सबै प्रकारको अत्याधुनिक उपचार हुने र उपप्रधानमन्त्री श्रेष्ठको  उपचारमा कुनै कमी नगर्न अस्पताललाई निर्देशन दिनुभएको समेत जानकारी दिनुभयो। बेइजिङ बाहिर रहनुभएका वाङ बेइजिङ एयरपोर्टबाट सिधै अस्पताल पुग्नुभएको थियो। 

चिनियाँ परराष्ट्रमन्त्रीले पनि फुलको गुच्चा पठाउँदै प्रतिनिधिमार्फत श्रेष्ठको सुस्वास्थको कामना गर्नुभएको छ। तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार  हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

श्रेष्ठलाई ुएक्युट मायोकार्डियल इन्फेक्शनु भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ। उहाँको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण स्टेनोसिस देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  (स्टेन्ट) राखिएको समेत अस्पतालले जनाएको छ ।

ताजा समाचार

Related Articles