अर्थतन्त्र सबल बनाउनुपर्नेमा महासचिवको जोड

लोकप्रिय

दाङ, कात्तिक ४ गते

 नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताउनुभयो ।

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताउनुभयो । सहर र गाउँलाई दसैँले जोडेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles