सुमो दुर्घटनामा चालकसहित १३ जना घाइते

लोकप्रिय

हेटौँडा, कात्तिक ७ गते ।
मकवानपुरको ईन्द्रसरोबार गाउँपालिका ५ मकैबारीमा सुमो दुर्घटनामा हुँदा चालकसहित १३ जना घाइते भएका छन् ।
कुलेखानी–मातातीर्थ–काठमाडौँ अन्तर्गत ईन्द्रसरोबार गाउँपालिका ५ मकैबारी खण्डमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्र.०३–००१ज०२८३ नं.सुमो मङ्गलबार बिहान ३ः२५ बजे दुर्घटना हुँदा सुमो चालक जिल्ला बारा कलैयाका वर्ष २५ का अनिलकुमार शाहसहित १३ जना घाइते भएका हुने । दुर्घटनामा परी घाईतेभएका मध्ये चालक बाहेक सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कायौलय मकवानपुरले जनाएको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सुमो आफै अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरुको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
घाइते हुनेमा सुमोमा भारतको जानकी चापा छत्तिसगढका र्ष २५ की रचना कुमारी सूर्यवंशी, वर्ष ३५ की गङ्गा देवी सूर्यवंशी, वर्ष ३० की मधु सूर्यवंशी, वर्ष ३७ का ईन्द्र सेन, वर्ष ३१ की रितु सूर्यवंशी, वर्ष ६० की नाम थर नखुलेकी महिला
वर्ष २९ की सरोजनी देवी, वर्ष ११ की प्रतिभा सूर्यवंशी, वर्ष २ की दिव्या सूर्यवंशी, वर्ष ४ को प्रतीक सूर्यवंशी, वर्ष ३१ को विजयकुमार सूर्यवंशी र वर्ष ३५ को अजयकुमार सूर्यवंशी रहनुभएको छ ।

ताजा समाचार

Related Articles