भ्रष्टाचारबिरुद्धको अभियान रोकिने छैन

लोकप्रिय

रुकुमपश्चिम, कात्तिक ९ गते ।

 प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचारबिरुद्धको अभियान नरोकिने बताउनुभएको छ । 

बिहीबार रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले सुशासनको अभियान निरन्तर जारी रहने बताउनुभएको हो । 

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारमा आएदेखि नयाँ काम सुरु गरेको र सुशासन नचाहने तत्वहरु छट्पटाएको दावी गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर जनतालाई सुशासनको अनुभूति दिलाएको उहाँको भनाइ छ । 

उहाँले मिटरव्याज पीडितहरुको पक्षका कानुन बनाएको, अवैध रुपमा हुने सुन तस्करीबिरुद्ध कारबाही प्रक्रिया सुरु गरेको, ललिता निवास प्रकरणको छानबिन सुरु गरेको, भुटानी शरणार्थी, भूमाफिया र तस्करीबिरुद्ध वर्तमान सरकारले सशक्त कारबाही सुरु गरेपछि बिपक्षिहरु बिक्षिप्त बनेको चर्चा गर्नुभयो । 

सामाजिक न्याय, सुशासन र समृद्धिका लागि गठन्धवनको सरकार आवश्यक रहेको उहाँको भनाइ छ । 

ताजा समाचार

Related Articles