धन्यवाद प्रस्ताव पारित

लोकप्रिय

काठमाडौँ, कात्तिक १४ गते ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो । चार दिने नेपाल भ्रमणमा रहनुभएका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधार शिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ ।

आइतबार नेपाल आइपुग्नुभएका उहाँले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरिसक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राख्नुभएको छ ।

ताजा समाचार

Related Articles