सर्वोच्चको आदेशसँगै नेपालजञ्जबाट ढकाल पक्राउ

लोकप्रिय

काठमाडौँ, कात्तिक १६ गते ।

प्रहरीले योगराज ढकाल रिगललाई नेपालगञ्ज, न्यूरोडबाट पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका ढकाललाई आममाफी दिने सरकारको निर्णय बदर गर्दै पक्राउ गर्न आदेश दिएपछि प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको हो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएको थियो ।

रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन आदेश समेत दिएको थियो । 

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यही आदेश उच्च अदालत तुलसीपुर, नेपालजञ्जले समेत सदर गरेको थियो ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

ताजा समाचार

Related Articles