प्रदेश प्रमुख शर्माद्वारा समवेदना व्यक्त

लोकप्रिय

हेटौँडा, कात्तिक २० गते ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई अपिल गर्नुभएको हो । साथै, उहाँले यस्ता प्रकोपपछि उत्पन्न हुनसक्ने माहामारीप्रति सजग, सचेत र उद्धारको तयारीका लागि सबैसँग प्रमुख शर्माको आग्रह छ ।

प्रदेश प्रमुख शर्माले गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रमुख शर्माले यस घटनाले पुर्‍याएको अपूरणीय क्षतिका कारण सिङ्गो देश नै स्तब्ध भएको भन्दै यस घटनाले आफू अत्यन्त मर्माहत भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । ‘‘भूकम्पबाट पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिको खबरले मलाई अत्यन्त मर्माहत तुल्याएको छ ।,’’ शर्माले भन्नुभएको छ, ‘‘विशेषगरी पश्चिम नेपालको दुई पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा यस घटनाले पुर्‍याएको अपूरणीय क्षतिका कारण सिङ्गो देश स्तब्ध भएको छ ।’’  

ताजा समाचार

Related Articles