अन्तरपालिका सञ्जाल गठन गरिने

लोकप्रिय

हेटौँडा, कात्तिक २० गते ।
मकवानपुर जिल्लामा रहेका पालिकाहरुबिच समन्वय र सहकार्यका लागि अन्तरपालिका सञ्जाल गठन गरिने भएको छ ।
सञ्जाल गठनको तयारीका लागि सोमबार हेटौँडा उपमहानगरपालिका कार्यालयमा बसेको बैठकले कार्यविधि निमाणका लागि हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिको सदस्यमा भीमफेदी गाउँपालिकका उपाध्यक्ष सञ्जीव श्रेष्ठ र मकवानपुर गढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली रहनुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाको १३ औँ नगर सभाले जिल्लामा रहेका पालिकाहरुबिच समन्वय र सहकार्यका लागि सञ्जान गठन गर्ने निर्णय गरेअनुसार उपमहानगरले तयारी थालेको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।
उहाँले पालिकाहरु बिच सहकार्य, समन्वय र साझा सरोकारका क्षेत्रहरुमा सहयोग गर्ने उद्देश्य सञ्जाल गर्न गठन गर्न लागेको बताउनुभयो ।
सञ्जाल गठनको तयारीको क्रममा हेटौँडा उपमहानगरपालिकाको संयोजनमा भएको पहिलो बैठकमा थाहा नगरपालिका प्रमुख, उपप्रमुखसहित भीमफेदी, मकवानपुरगढी, बकैया, बागमती, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखहरुको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला उपमहानगरपालिका र नगरपालिका एक–एक वटा तथा आठ वटा गाउँपालिका गरी दस स्थानीय तह रहेका छन् ।

ताजा समाचार

Related Articles