बाघको आक्रमणबाट बालकको मृत्यु

लोकप्रिय

बर्दिया, पुस ७ गते ।
बर्दियामा पाटेबाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका–४, बैरिया गाउँ बस्ने रामशंकर थारुको छोरा अन्दाजी १०/११ बर्षका सुमित थारुको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शनिवार दिउँसो अन्दाजी १२.३० बजे बबई नदीमा नुहाउन गएका बेला स्थानीय जिरा सामुदायिक वनमा बाघको आक्रमणमा परी बालक घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि आर.सी. थारु मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

बालकको शबको पोष्टमार्र्टम पछि आफन्तलाई जिम्मा दिने तयारी भएको अर्यालले बताउनुभयो ।
– नेपाल टिभी अनलाइनबाट

ताजा समाचार

Related Articles