हात्तीबाट चार वटा घरमा क्षति

लोकप्रिय

हेटौँडा, पुस १७ गते ।
मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौलीमा जङ्गली हात्तीले चार वटा घरमा क्षति पु¥याएको छ ।
जङ्गली हात्तीेले स्थानीय खड्गबहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा र भगवती सुवेदीको घरको अगाडिको काठको पाली भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै हात्तीले स्थानीय अर्जुन दाहालको घरको अगाडिको काठको पाली भत्काउनुका साथै एक बोरा धान खाई नष्ट गरेको छ ।
प्रहरीका अनुसार हात्तीले स्थानीय चित्रबहादुर घलानको घरको जस्ता भत्काएको छ ।
जङ्गली हात्तीले घरमा क्षति गरेको जानकारी पाएपछि स्थानीय, पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, सशस्त्र प्रहरी पोष्ट कत्ले खोला र मनहरीबाट आएको प्रहरी टोली उक्त हात्तीलाई जङ्गलतर्फ लखटेको थियो ।

ताजा समाचार

Related Articles