सात महिनामा पनि प्रदेश सभा समितिले पाएन सभापति

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते । बागमती प्रदेश सभा गठन भएर पहिलो अधिवेशन सुरुभएको सात महिना भईसक्दासमेत प्रदेश सभाअन्तर्गतका विषयगत समितिहरुले सभापति पाउन सकेको छैन ।
प्रदेश सभा नियमावली २०७४ ले प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभामा विषयगत र विशेष समिति रहने व्यवस्था गरेको छ । तर प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबिच सहमती नजुट्दा समितिहरु सभापतिविहीन बनेको हो ।
गत पुस १८ गते सुरुभएको बागमती प्रदेश सभाको प्रदेश सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम गत असारमा मात्र टुङ्गो लागेको थियो । यसअघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबिच सभापतिमा भागबण्डा नमिल्दा समितिमा रहने सदस्यहरुको नाम दिनसमेत ढिलाई गर्दै आएका थिए ।
गत असार प्रदेश सभाको बैठकले समितिमा रहने प्रदेश सभाका सदस्यहरुको नाम अनुमोदन गरेको थियोे । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले समिति गठन भएपनि सभापति चयन गर्न बाँकी रहको जानकारी दिनुभयो ।
प्रदेश सभाअन्तर्गत रहने प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहने व्यवस्था रहेको छ । दलहरुबिच सभापति चयनमा अझै सहमती जुट्न सकेको छैन । समितिका सदस्यहरुमध्येबाट समितिको सभापति चयन गर्ने प्रदेश सभा नियमावलीमा व्यवस्था रहेको छ ।
प्रत्येक समितिमा बढीमा २२ जना सदस्य रहने व्यवस्था प्रदेश सभा नियमावलीमा छ ।

ताजा समाचार

Related Articles