महालक्ष्मी दोभान–चखेल–मातातीर्थ सडक निर्माणमा ढिलाई

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग कुलेखानी, महालक्ष्मी दोभान, मातातीर्त,े सतुङ्गल सडक निर्माणमा ढिलाई भएको छ ।
उक्त सडक महालक्ष्मी दोभान–मकैवारी खण्ड र मकैवारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड गरी दुई खण्डमा विभाजन गरी स्तरोन्नतिको काम हुँदै आएको छ ।
मकवानपुरतर्फ बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय चितवन र काठमाडौँतर्फको भाग पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत काम भईरहेको छ ।
दुवै सडक खण्ड निर्माण कम्पनीसँग सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । महालक्ष्मी दोभान–चखेल–मकैवारी खण्ड आर्थिक वर्ष २०७७/०७८ मा र मकैवारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड २०७५/०७६ मा ठेक्का सम्झौता भएको हो । तर महालक्ष्मी दोभान–मकैवारी खण्ड एक पटक र मकैवारीदेखि मातातीर्थ–सतुङ्गल खण्डको तीन पटक म्याद थप भएपनि निर्माणको काम पूरा भएको छैन । मकवानपुरतर्फको तुलनामा काठमाडौँतर्फको काम धिमा गतिभएको छ ।
दुवै खण्डको काममा ढिलाईसँगै लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक सरोकार समितिले असन्तुष्टि जनाउँदै आएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ का वडाध्यक्ष दुतराज तितुङले दुवै खण्डको सडकको निर्माणमा ढिलाई भएपनि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको ध्यान नभएको बताउनुभयो ।
दुवै सडक खण्ड निर्माण कम्पनीसँग सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । महालक्ष्मी दोभान–चखेल–मकैवारी खण्ड आर्थिक वर्ष २०७७÷०७८ मा र मकैवारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड २०७५÷०७६ मा ठेक्का सम्झौता भएको हो । मकवानपुरतर्फको तुलनामा काठमाडौँतर्फको काम कम भएको छ ।
पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्रप्रसाद चौधरीले महालक्ष्मी दोभान–मकैवारी खण्डको काम साउन महिनाभित्रमा काम पूरा गरी कालोपत्र गर्ने योजना रहेकोले पुनः म्याद थप नभएको जानकारी दिनुभयो ।
मकैवारीदेखि मातातीर्थ सतुङ्गल खण्डको हालसम्म तीन पटक म्याद थप गरिएको छ ।
पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख पुष्करप्रसाद पोख्रेलले काठमाडौँतर्फ निर्माण कम्पनीको काम सन्तोषजनक नभएको बताउनुभयो । उहाँले हालसम्म ५५ प्रतिशत मात्र काम भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles