बागमती प्रदेश सभाको चौथौँ अधिवेशन सुरु

लोकप्रिय

हेटौँडा, जेठ १ गते ।
बागमती प्रदेश सभाको चौथो अधिवेशन सोमबारबाट सुरु भएको छ । बजेट अधिवेशनको रूपमा रहेको प्रदेशसभाको अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले अधिवेशनको सफलता शुभकामना व्यक्त गर्दै प्रदेश सभा र प्रदेश सरकार जनताको आकाङ्क्षा अनुसार चल्नुपर्नेमा जोड दिनुभएको छ ।

दलका नेताहरूले लोकतान्त्रिक गणतन्त्र ल्याउन एक भएका दलहरू यसको संस्थागत विकासका लागि पनि दलहरू एक हुनुपर्ने बताउँदै विपतमा परेकाहरूलाई स्थानीय तहमार्फत दिनुपर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रदेशसभाको अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले कर्मचारीलाई देखाएर प्रदेश सभाबाट पासभएको बजेट कार्यान्वयन रोक्नु उचित नभएको बताउनुभयो ।

उहाँले मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताललाई लैजाने विषय स्वीकार्य नहुने बताउनुभयो ।

नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले प्रदेशसभाले गरेको निर्णय कर्मचारीले कार्यान्वयन गरिरहेका छैनन् भन्दै प्रदेश सभा ठुलो कि कर्मचारी ठुलो भन्दै प्रश्न गर्नुभयो ।

नेकपा माओवादी केन्द्रमा सरल सहयात्री पौडेलले प्रदेश सभाको गरिमा बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक सङ्घीयतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापाले प्रदेशहरूमा भइरहेको राजनीतिक खिचातानीले सङ्घीयतालाई कमजोर बनाउनु काम गरेको बताउँदै राप्रपाको ४० बुँदे मागप्रति सरकारले चासो नदेखाएकोमा आपत्ति जनाउनुभयो ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले देश एकपछि अर्को राजनीतिक सङ्कटका कारण देश विकास हुन नसकेको भन्दै सरकारले काम लोकतान्त्रिक हुनुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले प्रदेशले सन्तुलित विकासका लागि काम गर्नुपर्ने भन्दै वामपन्थीहरू समाजवादी गणतन्त्र स्थापनाको तयारीमा लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा सामाजिक विकासमन्त्री कुमारी मुक्तानले प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुभयो ।

ताजा समाचार

Related Articles