राजदूत नियुक्त गर्न मन्त्रिपरिषदको सिफारिस

लोकप्रिय

काठमाडौँ, साउन १४ गते ।
सरकारले विभिन्न २१ देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले भाारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । यसैगरी, चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोक दर्शन रेग्मीलाई राजदूत बनाउने निर्णय भएको छ ।

सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनी, पाेर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भएको हो ।

यसैगरी, बैठकले अस्ट्रेलिया, चीन, श्रीलंका, दक्षिण अफ्रिका, रसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अन्य देशका राजदूतलाई यसअघि नै फिर्ता बोलाउने निर्णय भएकाले नेपाली राजदूतको पद रिक्त रहेको छ ।

ताजा समाचार

Related Articles