‘नेपथ्य’ को इतिहास पुस्तकमा

लोकप्रिय

काठमाडौँ, पुस २० गते । संसारभर फैलिएका फरक फरक नेपाली पुस्ताबिच नेपथ्य सङ्गीतकर्ममा स्थापित नाम बनिसकेको छ । स्थापना भएको साढे तीन दशकपछि यो ब्यान्ड सुनिने मात्र होइन, पढिने सामग्रीका रूपमा पनि पाठकमाझ उपस्थित हुँदै छ । नेपाली श्रोताले अत्यधिक मन पराएको साङ्गीतिक समूह नेपथ्यको जीवनीमा आधारित २०२५ को प्रारम्भकै दिन खुला हुँदै छ । “हामीले आजसम्म अनेक जिज्ञासाको जवाफ दिँदै आएका छौँ,” ब्यान्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ भन्नुहुन्छ, “तर आजसम्म नसोधिएका थुप्रै प्रश्नको उत्तर यो पुस्तकले प्रस्तुत गर्ने छ ।”

पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका सङ्घर्षको अनुभव पढ्न सकिन्छ । सङ्गीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नको जानकारी पनि यसले समेटेको छ । पुस्तकमा ब्यान्डका उज्याला पक्षहरू मात्र नभई जानी नजानी भए गरेका अँध्यारा पाटाहरू र सिकाइ पनि इमादारीसाथ प्रस्तुत गर्ने आँट देखाइएको छ ।

ताजा समाचार

Related Articles