प्रदेश सभामा पाँच वटा विधेयक पेस

लोकप्रिय

हेटौँडा ।
बागमती प्रदेश सभाको बैठकमा प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक पेसभएको छ ।
प्रदेश सभाको बुधबारको बैठकमा चार वटा संसोधन र बागमती प्रदेशका प्रदेश प्रमुखबाट फिर्ताभएको एउटा विधेयकसहित पाँच वटा विधेयक पेस गरिएको हो ।
बैठकमा पाँच वटै विधेयकमाथि सैद्धान्तिक छलफलभएको छ ।
प्रदेश सभाको बैठकमा स्वास्थ्यमन्त्री किरण थापाको तर्फबाट श्रम, रोगगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाको बैठकमा पेस गर्नुभयो ।
यस्तै, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संसोधन गर्न बनेको विधेयक प्रदेश सभाको बैठकमा पेस गर्नुभएको थियो ।
यसै गरी बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित फिर्ता पठाउनुभएको प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश सभाको बैठकमा पेस गर्नुभयो । यसअघि प्रदेश सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पठाइएकोमा प्रदेश प्रमुख देवकोटाले फिर्ता गर्नुभएको सन्देशसहितको विधेयक प्रदेश प्रमुखले औल्याउनुभएका कमजोरी र सुझाव समेटेर प्रदेश सभा बैठकमा मन्त्री श्रेष्ठले पेस गर्नुभएको थियो ।
प्रदेश सभा बैठकमा पेसभएको विधेयकहरुमाथिको सैद्धान्तिक छलफलमा प्रदेश सभाका सदस्यहरु रत्नप्रसद ढकाल, प्रेमबहादुर पुलामी, उद्धब थापाले उठाउनुभएको प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको थियो ।
यसअघि प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य तीर्थ लामाले गत असोजको दोश्रो साता आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा ठुलो धनजनको क्षतिभएको बताउँदै विपत् प्रभावित क्षेत्रका माग र आवश्यकता संबोधन हुन नसकेको बताउनुभयो । उहाँले विपत्पछि पुनर्निर्माणका लागि आश्वासन दिएपनि प्रदेश सरकारको उपस्थिति फितलो रहेको भन्दै बाढीपहिरो पीडितको माग संवोधन गर्न सरकारलाई निर्देशन दिन माग गर्नुभयो ।

ताजा समाचार

Related Articles