बिपी राजमार्ग जोखिममा

लोकप्रिय

सिन्धुली ।
सिन्धुलीसहित पुर्वी तराईका विभिन्न जिल्लासँग छोटो दुरीमा जोड्ने विपी राजमार्ग गत असोजको बाढीले बगाएपछि निकै जोखिम भएको छ ।

सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डे खण्डको ठाँउठाँउमा विपी राजमार्गको नामोनिशान छैन । बाढीले राजमार्ग बगाएपछि अस्थायी रुपमा रोशी खोलैखोला भएर यातायात सञ्चालन भएका छन् ।

बाढीले राजमार्ग बगाएको पाँच महिना वित्दा समेत पुनर्निर्माणको काम अगाडी बढेको छैन । बर्षायाम नजिकिंदै गर्दा राजमार्ग पुनर्निर्माणको थालनी नभएपछि स्थानिय चिन्तित बनेका छन् ।

सिन्धुलीको विकासको मेरुदण्ड बनेको विपी राजमार्ग बाढीले भत्किएसँगै बर्खायाममा सो राजमार्गले जोडेको सिन्धुली काठमाण्डौको सिधा सम्पर्क टुट्ने भएको छ ।

झन्डै २० बर्ष लगाएर जापान सरकारको करिब २६ अर्ब रुपैयाँको अनुदान सहयोगमा निर्माण भएको विपी राजमार्ग बाढी पश्चात करिब १२ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ । बाढीले क्षतविक्षत बनाएपछि यात्रा जोखिमपुर्ण भएको यात्रुहरुको भनाई छ ।

बर्षाअगाडी विपी राजमार्गको निर्माण तत्कालै सुरु नगरिए बर्खा लागेसँगै यो राजमार्ग पूर्णरुपमा बन्द हुने निश्चित छ । जसको मारमा विपी राजमार्ग भएर चल्ने सवारी तथा यात्रु राजमार्गमा खुलेका होटल एवम् समग्र पक्षमा पर्ने छ ।

बाढीले बगाएको राजमार्ग बनाउन करिब १० अर्ब बजेट लाग्ने प्रतिवेदन छ । सरकारले तत्काल पचास करोड रुपैयाँ बजेट उपलब्ध गराएर स्रोत सुनिश्चित गरी राजमार्ग पुनर्निर्माणमा ठेक्का लगाउनुपर्ने सिन्धुली क्षेत्रनम्बर २ का सांसद लेखनाथ दाहाल राजन बताउनु हुन्छ ।

ताजा समाचार

Related Articles