पहिरोमा परी बेपत्तामध्ये तीन जनाको शव फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २४ गते । मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानमा पहिरोले घरसहित बगाएर बेपत्ताभएकोमध्ये तीन जनाको शव बुधबार फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिरोमा परी बेपत्ताभएकामध्ये पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, निजको छोरी २२ वर्षीया शिला पहरी र नातिनी अन्दाजी सात–आठ महिनाकी दिव्या पहरीको शव फेला परेको जनाएको हो । मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बेपत्ता भएकाहरुको खोज तलास गर्नेक्रममा बिहान ९ः१० बजेको समयमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका १ कोकरेस्थित बागमती नदीको बिच बगरमा शिलालाई मृत अवस्थामा फेला परेको बताउनुभयो । शव फेला परेको स्थान घर बगाएको ठाउँबाट १० किमि दक्षिणमा रहेको छ । यस्तै अक्कलबहादुरको शव हरिहरपुरगढी गाउँपालिका १ कोकरेस्थित बागमती नदीको बिच बगरमा फेला परेको थियो । मृतक अक्कलबहादुर र शिलाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । प्रहरीका अनुसार शिलाको छोरी दिव्या मृत अवस्थामा बुधबार साँझ
६ः४८ बजेको फेला परेको थियो ।
मङ्गलबार बिहान ४ बजेको समयमा आएको भल पहिरोले अक्कलबहादुरको घरसहित सात जनालाई बगाएको थियो । पहिरोमा परेकामध्ये ५५ वर्षीया सन्तमायालाई उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि लगेकोमा उपचारको क्रममा मङ्गलबार बिहान मृत्यु भएको थियो ।
यस्तै पहिरोमा परी बेपत्ताभएको सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका १ कोकरेका अन्दाजी १७ वर्षीय पल्साङ घिसिङलाई घाईते अवस्थामा स्थानीइले उद्धार गरेकाका थियो । पहिरोमा परी घाइते भएका घिसिङको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ । घिसिङ मङ्गलबार राति पाहुना भई अक्कलबहादुरको घरमा बास बस्नुभएको थियो ।
पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुरका ज्वाइ वर्ष २५ का जीवन पहरी र नाती चार वर्षीय मिलन पहरी अझै वेपत्ता छन् ।
पहिरोमा परी वेपत्ताभएकाहरुको खाजी कार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles