हेटौँडा, चैत ५ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ भुलचोकस्थित सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.४ ख ५५८२ नं.को बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००२प ४२३३ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने वर्ष २८ को आकास बरामुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसले सोमबार साँझ ठक्कर दिएर गम्भीर घाइते भएका आकास बरामुको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा राति ११ः४४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
बसको ठक्करबाट घाइते भएका स्कुटरमा सवार इटहरी उपमहानगरपालिका ७ बस्ने वर्ष २८ को बुद्ध लामा उपचार भइरहेको छ । बस चालक उदयपुर जिल्ला चौरण्डी गढी नगरपालिका ७ बस्ने वर्ष ३१ को नबिन थापालाई मकवानपुरको मनहरी गाउँपालिका ७ मनहरी बजारबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरका ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।