एलपिजी ग्याँसको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना

लोकप्रिय

काठमाडौँ । ग्याँसको प्रयोग गरेर खाना पकाउने व्यक्ति तथा पेशाकर्मीहरुले सिलिण्डरमा भरिएर आएको ग्याँसमा बजारमा पाइने रेगुलेटर र पाइप जोडेपछि केही समस्या हुँदैन भन्ने विश्वाश राखेको पाइएको छ । काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले धेरै ग्याँस सिलिण्डर बालेर खाना पकाउने स्थानमा गरिएको संयुक्त निरीक्षणका क्रममा भरिएको सूचक र गरिएको कुराकानीबाट यस्तो देखिएको हो । अहिलेसम्म ५६ वटा पसलको निरीक्षण गरिएको छ । यो निरीक्षण सचेतना अभिवृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको हो ।

घरघरमा खाना पकाउने प्रयोजनका लागि सिलिण्डरमा भरेर ल्याइने ग्याँस एलपिजी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्याँस हो ।

यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउनु सकिएन भने आगलागी हुने, सिलिण्डर विस्फोट हुने खतरा हुन्छ । यो खतराबाट बच्न ग्याँस उत्पादक, सिलिण्डर उत्पादक, सिल उत्पादक, सिलिण्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारी साधन, यसको गुणस्तर जाँच गर्ने अधिकारी, डिष्ट्रिव्युटर, डिलर, विक्रेतासँगै उपभोक्ताहरुको आफ्नाआफ्नै भूमिका देखिन्छन् । यस्तै ग्याँस चुलो, चुलोमा जोडिने पाइप, पाइपमा जोडिने रेगुलेटर उत्पादक र विक्रेताको महत्वपूर्ण भूमिका हुन्छ ।

यसमध्येको ढुवानी नियमन र व्यवस्थापन गर्न एलपिजी ग्याँस ढुवानी नियमावली २०७३ ले जारी गरिएको छ ।

घरेलु प्रयोजनमा ल्याइने ग्याँसको नियमन र व्यवस्थापनका लागि ‘एल. पि. जी. ग्याँस नियमावली २०६५’ जारी गरिएको छ । यसअनुसार घरेलु प्रयोजनका लागि १४.२ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिण्डरमा ग्याँसको कारोवार गर्न हुँदैन । सिलिण्डरमा ग्याँस भर्ने उद्योगको नाम र लोगो, सिलिण्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिण्डरको तौल, सिलिण्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नु पर्ने मिति खुलाउनु पर्छ । सिलिण्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्याँस भर्न हुँदैन ।

ग्याँस सिलिण्डरमा प्रयोग गरिने भल्व पनि प्रमाणपत्र प्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउँछन् । यसमा पनि भल्भ निर्माताको नाम, लोगो वा कोड नम्बर र भल्भ निर्माण गरेको मिति उल्लेख गर्नुपर्छ ।

ग्याँस भर्ने धातुको भाँडो सिलिण्डर हो । तोकिएको मात्रामा ग्याँस भए नभएको थाहा पाउन सिल सम्बन्धी र चुलोमा आगो बाल्न, प्रेसर रेगुलेटर सम्बन्धी ज्ञान आधारभूत मानिन्छन् ।

यिनै विषय समेटेर उपभोक्ताले ग्याँस कसरी प्रयोग गरिरहेका छन् । उनीहरुकोमा सिलिण्डर कसरी आउँछ, निरीक्षण गरेर सम्भावित दुर्घटनाबाट बचाउन महानगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो । यस क्रममा ८ वटा सूचक र २४ वटा उपसूचकका आधारमा अवस्था हेर्ने गरिएको छ ।

ताजा समाचार

Related Articles