भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

लोकप्रिय

हेटौँडा, चैत १३ गते ।

भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उप्रेतीले भ्रष्टाचार गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने मुद्दामा सर्वोच्च अदालतले कैद र जरिवाना गर्ने फैसला गरेको थियो ।
प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीले भ्रष्टाचार गरी गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै निजको सम्पत्ति छानविन गरी कारबाहीलागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा सर्वोच्च अदालतले गत मंसिर १२ गते कैद र जरिवानाको फैसला गरेको हो ।
चितवन जिल्ला साविक खैरहनी गाविस वडा नं ८, जमौली स्थायी घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका वडा नं १६, वनस्थली बस्ने वर्ष ६५ का उप्रेतीलाई दुई ५५ लाख १६ हजार ४८३ रुपियाँ जरिवाना र छ महिना कैद हुने अदालतले ठहर गरेको छ ।
सो सजाय वेरुजू भई फरार रहेका उप्रेतीलाई व्युरोको प्रहरी टोलीले यही चैत १० गते वनस्थलीबाट पक्राउ गरी चैत ११ गते फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट डिल्लिबजार कारागार चलान भएको ब्युरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी सुधिर राज शाहीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles