हेटौँडा १६ का दंगाल मृत फेला

लोकप्रिय

हेटौँडा, चैत २० गते । मकवानपुरको बागमती गाउँपालिका ८ स्थित भुवनचुली देउडीभञ्जाङमा एक जना युवा मृत अवस्था फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटाँैडा उपमहानगरपालिका १६ चिसापानीका मिलन दंगाल मृत अवस्थामा फेला परेको जनाएको छ ।
३८ वर्षीय दंगाल देउडीभज्याङबाट करिब ४०/५० मिटर तल लडी मदनभण्डारी लोकमार्गको दायाँतर्फको नालीमा मृत अवस्थामा बुधबार बिहान ६ः५० बजेको समयमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
उहाँले दंगालको शव हेटौँडा अस्पतालमा राखिएको भन्दै सो घटनाको सम्बन्धमा सोधपुछ तथा अनुसन्धानको लागि सात जना व्यक्तिहरु नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो ।
शव सडकको नालामा फेलापरेपछि घटना शंकास्पद रहेको भन्दै स्थानीय र आफँतले राजमार्ग अवरुद्ध गरेका थिए । स्थानीय र आफन्तको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासँगै अवरुद्ध मार्ग सुचारुभएको थियो ।

ताजा समाचार

Related Articles