सुमो दुर्घटना हुँदा नौ जना यात्रु घाइते

लोकप्रिय

हेटौँडा, चैत २० गते ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २ बतासेस्थित सडक खण्डमा सुमो दुर्घटना हुँदा नौ जना यात्रु घाइतेभएका छन् ।
हेटौँडा–भीमफेदी–काठमाडौँ जोड्ने मार्गको भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा बुधबार दिउँसो १५ः५५ बजेको समयमा रौतहटको गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ५४८५ नं.को सुमो दुर्घटना हुँदा नौ जना यात्रु घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सुमोको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब सयक मिटर तल खोल्सामा खसी दुर्घटना भएको जानकारी दिनुभयो ।
दुर्घटनाभएको खबर प्राप्त भएपछि प्रहरी चौकी खानीखेत मकवानपुरका प्रहरी सहायक निरीक्षक खगेन्द्रलाल गुभाजु नेतृत्वका प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि काठमाडौँ पठाएको छ । प्रहरीका अनुसार घाइतेहरुमध्ये तीन जना गम्भीर, एक जना मध्यम र पाँच जना सामान्य अवस्था रहेको छ । सुमोमा चालक सहित १० जना सवार रहेको सो सुमोका चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles