खोलाले बगाई बालिकाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
जिल्ला मकवानपुर कैलाश गाउँपालिका १० भालटारस्थित मनहरी खोलाले बगाएर स्थानीय बालिकाको मृत्युभएको छ । चार वर्षीया प्रमिसा स्याङ्तान साथीहरुसँग खेल्न गएको अवस्थामा खोलाले बगाई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटना भएको खबर स्थानीयले गरेपछि नामटार प्रहरी पोष्टबाट प्रहरी आइतबार साँझ घटनास्थलमा पुगेको र घटनाको बारेमा थप अनुसन्धन गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

ताजा समाचार

Related Articles