अपाङ्ग महासङ्घको मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका ब्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गर्न माग गरेको छ ।
महासङ्घले सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पुगेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानकर्षणपत्र बुझाउँदै अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि २००६ कार्यान्वयन तथा अनुगमन गर्न माग गरेको हो ।
ध्यानाकर्षणपत्रमा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार कार्यान्वयनको लागि महासन्धिमा भएको बमोजिम कार्यान्वयन तथा अनुगमन समिति गठन गरी अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार प्रत्याभुति हुने वातावरण मिलाईदिन भनिएको छ ।
महासन्धीमा भएका व्यवस्था कार्यान्वयन अवस्थाका बारेमा अपाङ्ग महास्घ–नेपाल बागमती प्रदेश समितिले बागमती प्रदेशभित्रका मन्त्रालय, महाशाखा गरी कुल २१ वटा, अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घसंस्था १२ वटा र अपाङ्गता भएका व्यक्ति २६ जनासँग विभिन्न माध्यमबाट अनुगमन गर्दा मन्त्रालयका महाशाखा प्रमुखहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका बारेमा नै जानकारी नभएको पाइएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
अपाङ्ग महासङ्घ बागती प्रदेशका अध्यक्ष अश्विन लम्सालले महासङ्घ अपाङ्गता भएका ब्यक्तिको हक, हित र अधिकार संरक्षण र प्रवर्धनको लागि क्रियाशील यस छाता संस्थामा देशभरका चार सय संस्था आवद्ध रहेको बताउँदै महासन्धीलाई संसद्ले अनुमोदन गरी पक्षराष्ट्र भएकोले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले महासन्धिमा व्यवस्था भए बमोजिम अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार कार्यन्वयनको लागि कार्यन्वयन तथा अनुगमन समिति गठन गर्न माग गरिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles