बागमती प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेएको छ ।
प्रदेश श्रम तथा रोजगार नीति २०८० को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडामा यहाँ सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्ने गरी प्रदेश श्रम तथा रोजगार नीति बनाइएको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आयोजना गरेको प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिककीकरण तथा अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अब ऐन बनाएर श्रम तथा रोजगार नीतिलाई कार्यान्वयन गरिने बताउनुभयो । उहाँले नेपालमा कृषि नै प्रमुख रोजगारीको क्षेत्र भएको बताउँदै सीप सिकेकालाई वैदेशिक रोजगारीमा पठाउनु आवश्यक छ भन्नुभयो ।
प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले संविधानको मर्म र भावनाअनुसार प्रदेशले श्रम नीति बनाएको बताउँदै सीपयुक्त नागरिक उत्पादनलाई नीतिले प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव तीर्थराज भट्टराईले प्रदेश श्रम तथा रोजगार नीति २०८० भएका व्यवस्थाहरुका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै कार्यक्रममा सामी परियोजनाका पुरुषोत्तम अधिकारीले सामी परियोजनाका गतिविधिहरुको चर्चा गर्नुभएको थियो ।
नीतिमा प्रदेशभित्र रोजगारीको अवसर सिर्जना गर्न प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम र सञ्चालन गर्ने उल्लेख छ ।

ताजा समाचार

Related Articles