आफ्नो अभिव्यक्ति प्रेस जगतलाई चोट पुर्‍याउने मनसायले नभएको नगरप्रमुखको स्पष्टोक्ति

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आफूबाट पत्रकारका बारेमा दिएको अभिव्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसायले नभएको स्पष्टोक्ति दिनुभएको छ ।
पत्रकारलाई गालीगलौज गरेको भन्दै नगरप्रमुख लामाको सार्वजनिक रुपमा विरोध भएपछि गालीगलौजप्रति आइतबार क्षमायाचना माग्दै उहाँले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख लामाले एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसायले नभई परिस्थितिजन्य घटनाको परिणामभएको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित एक निजी सैलुनलाई एसी र इन्भर्टर जोड्न नगरप्रमुखले तोक आदेश दिएको भन्दै सार्वजनिक भएपछि एक सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा नगरप्रमुख लामाले पत्रकारलाई पत्रुकार भन्दै गाली गर्नुभएको थियो ।
नगरप्रमुख लामाले उपमहानगपालिकाको बजेटबाट सैलुनमा एसी जोड्न तोक आदेश दिएको विषय सार्वजनिक भएपछि विवादमा पर्नुभएका नगरप्रमुख लामाले गत साता सञ्चारमाध्यमसँगको कुराकानीमा पत्रकारलाई पत्रुकार भन्दै जङ्गिएपछि थप विवादमा तानिनुभएको थियो ।
नगरप्रमुख लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विज्ञप्ति सार्वजनिक गर्दै नगरप्रमुख हुनुको नाताले सञ्चारक्षेत्र प्रति मेरो सदैब उच्च सम्मान भाव रहेको बताउनुभएको छ ।
प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमप्रति आदरभाव प्रकट गर्ने कुरा वैशाख ४ गते प्रकाशन भएको विज्ञप्तिमै उल्लेख छ उहाँले भन्नुभएको छ उपमहानगरपालिका यो दृष्टिकोणमा अटल रहंँदै आएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको नगरप्रमुख हुनुको नाताले सञ्चारक्षेत्र प्रति मेरो सदैब उच्च सम्मान भाव रहेको छ, मेरो अभिब्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसाय नभई परिस्थितिजन्य घटनाका रुपमा लिईदिनुहुन सबै सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गर्दछु ।
विज्ञप्तिमा भनिएको छ, आगामी दिनमा प्रेस र उपमहानगरपालिकाको सम्बन्ध विगतमा झै प्रगाढ रहन्छ भन्ने विश्वास दिलाउन चाहान्छु ।
हेटौँडा–४ स्थित ‘दी नाइन्टिन सैलुन’लाई एसी र इन्भर्टर सहयोग गर्ने तोक अदेश दिएर प्रक्रिया अगाडि बढाएको पत्र सार्वजनिक भएसँगै नगरप्रमुख लामाको आलोचना गरिएको थियो ।

ताजा समाचार

Related Articles