गजल मञ्चको अध्यक्षमा श्रेष्ठ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । गजल मञ्च मकवानपुरको चौथो अधिवेशनले मञ्चको अध्यक्षमा सञ्जित श्रेष्ठलाई निर्वाचित गरेको छ । तीन वर्षका लागि श्रेष्ठको नेतृत्वमा सात सदस्यीय मञ्चको नयाँ कार्यसमिति बनेको हो । गजल मञ्चको उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, सहसचिवमा गौरी कंडेल, कोषाध्यक्षमा स्वस्तिका दाहाल तथा सदस्यहरुमा प्रविना प्रयासी र देव दूलाल चयन हुनुभएको छ । मञ्चको २२३ औँ नियमित गजल यात्रा तथा अधिवेशनका अवसरमा गजलकृतिका कृतिकारलाई सम्मान गरिएको थियो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘तृप्ति संग्रह’ का प्रकाशक राम कार्की र ‘घामका फूलहरू’ को प्रकाशक तुलसी घिमिरेलाई सम्मान गरिएको हो ।
२२३ औँ नियमित गजल यात्रामा पुरुषोत्तम आचार्य, इश्वर खड्का, राम कार्की, गौरी कंडेल, अनिल कोइराला, कमल नेपाल र संजित श्रेष्ठले गजल वाचन गर्नुभएको कार्यक्रममा गजल मञ्च मकवानपुरका निर्वतमान अध्यक्ष देवराज तिवारी, साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दिपक गौतम, मुस्कान तिमल्सिना र साहित्यकार शान्ति प्रियवन्दनाले बोल्नुभएको थियो ।

 

ताजा समाचार

Related Articles