सरकारले निरंकुश चरित्र देखाएको राप्रपाको आरोप

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले निरंकुश चरित्र देखाएको राप्रपाको आरोप लगाएको छ ।
पार्टी अध्यक्षसहितका नेताहरु पक्राउपछि राप्रपाले सरकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको बताएको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकपछि आइतबार जारी प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष र नेताहरु पक्राउ गरिएकोमा निन्दा र भत्सर्ना गरेको छ ।
बैठकले, सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आजको लागि पार्टीद्वारा पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको बैठकले ठहर गरेको थियो । यसैगरी राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनु पर्नेछ ।
राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजीलगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्धाका पक्षमा अझ दृढ रुपमा अघि बढ्ने विज्ञिप्तमा भनिएको छ । साथै, चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री डा.धवल शमसेर राणालगायत नेता, कार्यकर्ताहरुको रिहाइको राप्रपाले माग गरेको छ ।

ताजा समाचार

Related Articles