युवा उद्यमीलाई लक्षित गरी उद्यमशाला आयोजना गरिने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उद्योग सङ्घ मकवानपुर र अन्तर प्ररणा प्रालिले नव उद्यमीलाई लक्षित गरी हेटौँडामा नव उद्यमशाला बुट क्याम्प आयोजना गर्नेभएको छ ।
नव उद्यमशाला बुट क्याम्पका बारेमा जानकारी दिन बिहीबार हेटौँडा औद्योगिक क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा युवा नव उद्यमी छनोटका लागि प्रस्ताव आव्हान गरिएको जानकारी गराइएको थियो ।
उद्योग सङ्घ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले यस कार्यक्रममा पहिलो चरणमा २० जना युवा उद्यमी छनोट गरिने जानकारी दिनुभयो । उहाँका अनुसार उद्यमशालामा सहभागी हुने युवा उद्यमी व्यवयाय दर्ता गरेको पाँच वर्ष नपुगेको हुनुपर्छ । छनोटमा परेका उद्यमीलाई पाँच दिनको एम.आई.एम. नव उद्यमशाला बुटक्याम्प आयोजना गरिने छ । बुटक्याम्पमा चयन भएका उद्यमीहरुलाई चार दिनसम्म व्यवसायसँग सम्बन्धित छलफलहरु र विज्ञहरुसँग आफ्नो व्यवसाय परिष्कृत गर्ने बारेमा अध्ययन र मन्थन गर्ने अवसर मिल्ने अध्यक्ष प्याकुरेले बताउनुभयो । पाँचौ दिनमा गरिने हाट बजारमार्फत व्यवसायीले व्यवसाय परीक्षणसँगै सम्भावित ग्राहक र उपभोक्ताहरुसँग जोडिने अवसर प्राप्त गर्ने बताउँदै उहाँले भदौ २३ गतेभित्र आवेदन दिन आग्रह गर्नुभयो । उहाँले पत्रकार सम्मेलनमा
सामाजिक उत्तरदायित्वको विषयगत क्षेत्रअन्तर्गत ए.आई.एम स्टार्टअप बिजनेस इकयूवेसन सेन्टर स्थापना गरिको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles