शिक्षक आन्दोलन २४ औँ दिन पनि जारी

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आव्हानमा शुक्रबार पनि काठमाडौँ केन्द्रित आन्दोलन जारी रहनेभएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि शिक्षकहरु काठमाडौँ केन्द्रित सडक आन्दोलन र आम शैक्षिक हडतालमा छन् ।
काठमाडौँ केन्द्रित आन्दोलनको २४ औँ दिन पनि आन्दोलन जारी रहेको शिक्षक महासंघले जनाएको छ ।
शिक्षक महासंघले बिहीबार रक्तदान कार्यक्रम गरेको थियो ।
शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अनुशासित र संयमित व्यवहार सहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको भन्दै चर्को घामका कारण सडकमा गर्मी निकै छ तर प्रतिबद्धता र अठोटका अघि त्यो बाधाले हार्ने निश्चित भएको बताउनुभएको छ । उहाँले हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग भएको बताउँदै अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृति र षडयन्त्र विरुद्ध छ र त्यसैले आफ्ना अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले आन्दोलनको क्रममा सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार भइदिन, जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगरी दिनसमेत आग्रह गर्नुभएको छ ।
यस्तै आन्दोलन परिचालन समिति, मकवानपुरले शुक्रबार माइतीघर मण्डलामा जोर झण्डाको नजिक पूर्व तर्फ जेब्रा क्रसमा ठीक ११ः०० बजे उपस्थित भएर मकवानपुरको ब्यानरमा एकत्रित भै शान्तिपूर्ण सडक प्रदर्शनमा सहभागी हुन अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles