खैंजेडी भजन तालिम सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १५ गते ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ को कार्यालयको सहयोग हेटठौँडा १ मैनटारस्थित गतिशिल कृषि सहकारी संस्था आयोजनामा सोमबारदेखि हेटौँडामा खैंजेडी बाजा तथा भजन तालिम सुरु भएको छ ।
तालिम उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेले खैंजेडी भजन तथा बाजा नेपालको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
“खैंजेडी बाजा र भजन लोप हुँदै गइरहेको छ, यसको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो”, हेटौँडा उपमहानगरपालिका कार्यालयका प्रवक्तासमेत रहनुभएका न्यौंपानेले भन्नुभयो भौतिक विकासले मात्रै देश समुन्नत नहुने भएकोले लोक संस्कृति र परम्पराको पनि संरक्षण आवश्यक छ ।
यसअघि १ नं. वडा कार्यालयले महिलाहरुलाई पञ्जेबाजा प्रशिक्षण दिएको थियो । हाल उक्त स्वर्गद्वारी महिला पञ्चेबाजा समूहले राम्रो आम्दानी गरिरहेको जानकारी दिँदै अध्यक्ष न्यौपानेले खैंजेडी भजन समूह पनि सहकारी संस्थाका रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, प्रशिक्षक बद्रीप्रसाद पुडासैनीलगायतले तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो । वडा कार्यालयले तालिमसँगै संस्थालाई एक सेट खैंजेडी बाजा र एक थान हार्मोनियम खरिद गर्न एक लाख रुपियाँ बजेट विनियोजन गरेको छ । यही वैशाख ३० गतेसम्म चल्ने तालिममा तालिममा २० जनाको सहभागिता रहेको छ ।

 

ताजा समाचार

Related Articles