खासकुरा संवाददाता
हेटौँडा, वैशाख १५ गते ।
हेटौँडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा सोमबार हेटौँडामा किशोरी संवाद कार्यक्रम सम्पन्नभएको छ । 
उपमहानगरक्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्यनरत किशोरीहरुको सहभागिता रहेको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले कार्यक्रममा सहभागी किशोरीहरुले उठाएका प्रश्नको जवाफमा आगामी दिनमा कोशोरीहरुमाथि आउने समस्यामा अपनाउनु पर्ने सजकताका बारेमा सुझाव दिनुभएको थियो । संवाद कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, हेटौँडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायतको उपस्थिति रहेको थियो । 




