एसिड प्रहारबाट मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १५ गते ।
सिन्धुली तिनपाटन गाउँपालिका वडा नं. ३ का सुकुराम परियारको एसिड प्रहारबाट मृत्युभएको छ ।
काभ्रे रोशी गाउँपालिका वडा नं. ६ लेखपानीस्थित बाटोमा काम गर्दै आएका ४० वर्षीय परियारमाथि गत चैत १७ गते साँझ ७ः३० बजेको समयमा हिडिरहेको अवस्थामा एसिड प्रहारभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
एसिड टाउकोमा खन्याई निज परियार घाईते अवस्थामा निजको साथीहरुलेदेखि तत्काल उपचारको लागि बर्न कीर्तिंपुर अस्पताल काठमाडौँ लगेका थिए । एसिड प्रहारबाट घाईते भएको परियारको आइतबार मृत्युभएको हो ।
प्रहरी घटनाको अनुसन्धानको क्रममा जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका ३ घर भई हाल जिल्ला काभ्रे रोशी गाउँपालिका वडा नं. ६ लेखपानी बस्ने वर्ष ३१ को राम बहादुर मानन्धरलाई नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

Related Articles