खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
नेपाल मोबाइल व्यवसायी महासंघको साधारणसभा वैशाखको अन्तिम साता हेटौँडामा हुने भएको छ । 
महासंघको चौथो केन्द्रीय साधारणसभा यही वैशाख २६ र २७ गते हेटौँडामा महासंघले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । साधारणसभाका संयोजक समेत रहेका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्यले साधारणसभामा देशभरका संघका ६० जिल्ला, सात प्रदेश र महासंघ केन्द्रीय नेतृत्व गरी करिब एकहजार व्यवसायी सहभागी हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार साभारण सभामा मोवाइल व्यवसायमा रहेका वर्तममान समस्याका कारे छलफल हुने छ ।
साथै मोवाइल व्यापारमा पछिल्लो समय देखिएको अस्वस्थ प्रतिस्पर्धा र यो समस्या समाधानका बारेमा साधारण सभामा छलफल हुने भन्दै उपाध्यक्ष आचार्यले साधारणसभाको तयारी तीव्र पारिएको बताउनुभयो ।
साधारण सभाको तयारीका लागि विभिन्न नौ उपसमिति बनाइएको छ ।
साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने गरी कार्यक्रम तयभएको छ । कार्यक्रमस्थल परिसरमा मोवाइल कम्पनीको स्टलहरुसमेत रहने छ ।
साधारणसभाको उद्घाटनको दिन वैशाख २६ गते बिहान ७ः०० बजे प्रभातफेरिको आयोजना गरिनेभएको छ ।




