हेटौँडामा मिस्टर मकवानपुर हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस महासङ्घ मकवानपुरले तेस्रो मिस्टर मकवानपुर–२०८० आयोजना गर्नेभएको छ ।
महासङ्घ मकवानपुरले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी आगामी असोज १३ गते हेटौँडामा तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
महासङ्घ मकवानपुरका अध्यक्ष राजेश भेटवालले कोभिड १९ र बन्दाबन्दीका कारण रोकिएको मिस्टर मकवानपुरलाई पुनः निरन्तरता दिन लागेको भन्दै प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौलमाथिका खेलाडी सहभागी बन्ने जानकारी दिनुभयो ।
उहाँले प्रत्येक तौल समुहका विजेताले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने जानकारी दिँदै मिस्टर मकवानपुरका विजेताले एक लाख रुपियाँ, उपविजेताले ५० हजार र तृतीय हुनेले ३० हजार रुपियाँ नगदसहित ट्रफि पुरस्कार प्राप्त गर्ने बताउनुभयो । प्रतियोगितामा धेरै प्रस्तुत गर्ने क्लबलाई उत्कृष्ट क्लब घोषणासहित २५ हजार रुपियाँ नगदसहित सम्मान गरिनेभएको छ । प्रतियोगितामा यस वर्षदेखि महिला खेलाडीद्वारा एकै तौल समुहमा प्रतिस्पर्धा गराइने भएको छ ।
फिटनेस महासङ्घ मकवानपुरले यसअघि २०६६ सालमा आयोजना गरेको प्रतियोगितामा सुनिल महर्जन र २०७५ मा भएको प्रतियोगितामा अतीत श्रेष्ठ मिस्टर मकवानपुरको उपाधि हात पार्दै पुरस्कृत बन्नुभएको थियो ।

ताजा समाचार

Related Articles