ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १९ गते ।
मकवानपुरकको मनहरीमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्युभएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ८ सिमपानीस्थित सडक खण्डमा शुक्रबार बिहान बाटो क्रस गर्दै गरेको अवस्थामा ट्रकको ठक्करबाट पैदल यात्री गङ्गाबहादुर स्याङ्तानको मृत्युभएको हो ।
शुक्रबार बिहान ५ः१५ बजेको समयमा हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको सामान लोड भएको ना ५ ख ७७१२ नम्बरको ट्रकले मकवानपुरको राक्सिराङ गाउँपालिका ९ घर भइ हाल मनहरी ८ बस्दै आएका ७० वर्षीय स्याङ्तानलाई ठक्कर दिँदा स्याङ्तानको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक चालक बाराको सर्लाही हरिवन नगरपालिका ११ का ४० को प्रमोद महतोसहित ट्रक इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles