रैथानै हाट मेलामा कोदोको पिठोको माग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते ।
काठमाडौँको दरबार मार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथानै हाटबजार’ मेलामा मकवानपुरगढी गाउँपलिकाले आफ्नो पालिकाभित्र उत्पादन भएका बिभिन्न रैथानेबाली तथा सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण गरेको छ । मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बाली कोदोको पिठो , बेसार , कोदोको दाना , लसुन ,फापर , गेडागुडी तथा बास , बेद र निगालोबाट बनेका हस्तकला सामाग्रीहरु प्रदर्शनी तथा बिक्री वितरण गरिएको हो । ‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म लाग्ने गरेको छ ।
हाटबजार भएको कार्यक्रमा बोल्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले रैथाने बाली संरक्षण गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौँडामा पनि यस्तो बजारको आवश्यकता रहेको र स्थानीय सरकारले अब कृषि क्षेत्रमा वितरणमुखी नभई न उत्पादनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले नेपालको पहिचान र स्वास्थ्यको हिसाबले पनि औषधिमय रहेको रैथाने बालीहरू पछिल्लो समय मासिँदै गएकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । ‘रैथानै हाटबजार’ मेलामा मकवानपुरगढी गाउपलिकाको सबैभन्दा बढी कालिकोला कोदोको पिठोको माग भएको थियो । गाउँभन्दा सहरमा कोदोको पिठोको माग बढी रहेको मकवानपुरगढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गएपछि कोदो काठमान्डौमा कोदोको पिठोको माग बढेको चौधरिले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles